राजस्व अनुसन्धान विभागले विदेशी विनिमयको अपचलन गरेको आरोपमा दुईजना विरुद्ध मुद्दा दायर गरेको छ। विभागले नेपालमा बसेर क्रिप्टोकरेन्सीमा लगानी गरी झण्डै दश करोड रुपैयाँ अपचलन गरेको जनाएको छ ।
विभागले रतुवामाई ७ मोरङका पुस्कर श्रेष्ठ र बिनिता लिम्बु विरुद्ध काठमाडौं जिल्ला अदालतमा ९ करोड ७४ लाख ६९ हजार ९८३ रुपैया बिगो कायम गरी मुद्दा दर्ता गराएको हो ।
उनीहरुले विभिन्न एप्लीकेसन मार्फत नेपालबाटै क्रिप्टोमा लगानी गरेको र यसका लागि अमेरिकी डलरको अवैध कारोबार गरेको विभागले अनुसन्धानले देखाएको छ।
विभिन्न वैकका वैक स्टेटमेन्टहरु, वरामदित मोवाइलमा प्राप्त डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट पुस्कर श्रेष्ठ र बिनिता लिम्बु समेतका प्रतिवादीहरूले सामूहिक रुपमा मिलिमतो गरी विभिन्न मोबाइल एप्स प्रयोग गरि विदेशि विनिमय अमेरिकी डलर सम्बन्धि कसुर कार्यमा संलग्न रहि सामूहिक रुपमा मोरङ्ग रतुवामाई नगरपालिकाबाट डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको कसुरजन्य कार्य गरेको विभागले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया