जीवन बीमा कम्पनीहरुद्धारा ९२ अर्ब २० करोड बीमाशुल्क संकलन, फागुनमा १० अर्ब माथि उठ्यो

0
Shares

https://notebazar.com/uploads/source/IMP%20Photos/Life%20Insurance%20Premium%202078%20till%20falgun.jpg

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले फागुन महिनासम्ममा ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

चालु आवको आठ महिनामा संकलन भएको यो रकम गत आर्थिक वर्षको यसै अवधिमा संकलन भएको बीमाशुल्कको तुलनामा १२.१७ प्रतिशत धेरै हो । यस अवधिमा प्रथम बीमा शुल्क मात्रै २५ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ संकलन भएकाे छ । नविकरण बीमा शुल्क ६६ अर्ब २८ करोड ९६ लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको फागनु मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले कुल ८२ अर्ब २० करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क संकलन गरेका थिए । बैंकिङ्ग प्रणालीमा देखिएको तरलता अभावका बीच पनि जीवन बीमा कम्पनीहरूकाे बीमाशुल्क संकलनमा भने आकर्षक बढाेत्तरी देखिएको छ । २०७८ फागुन महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले २ अर्ब ८८ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ८ अर्ब १ कराेड ९८ लाख रूपैयाँ नविकरण बीमाशुल्क गरि कुल १० अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीहरु मध्ये १८ वटाले बीमा शुल्क संकलन बढाउँदा गुराँस लाइफ इन्स्योरेन्सका भने घटेको छ । सबैभन्दा धेरै प्रतिशतले व्यवसाय बढाएको सन नेपाल लाइफको सर्वाधिक ९३.२० प्रतिशतले बीमाशुल्क संकलन बढेको छ भने गुराँस लाइफको २२ प्रतिशतले घटेको छ ।

सिटिजन्स लाइफ, महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ, प्रभु इन्स्योरेन्स र आइएमई लाइफले गत फागुनको तुलनामा ३० प्रतिशत बढी व्यवसाय बढाएका छन् । यस्तै प्राइम, सानिमा, युनियन, ज्योति, नेशनल र एशियन लाइफको पनि दोहोरो प्रतिशतले बीमाशुल्क संकलन बढेको छ । सूर्या, रिलायन्स, नेपाल लाइफ, राष्ट्रिय बीमा, एनआईसी, मेट लाइफको बीमाशुल्क संकलन सिंगल डिजिटमा बढेको छ । सबैभन्दा थोरै बढेको मेट लाइफको १.७९ प्रतिशतले बढाएको छ ।

चालु आर्थिक वर्षको ८ महिनासम्ममा कुन कम्पनीको कुल बीमाशुल्क कति ?

१. नेपाल लाइफः २३ अर्ब ९३ करोड १२ लाख रुपैयाँ (नविकरण बीमा शुल्क १९ अर्ब ५४ करोड ६० लाख रुपैयाँ, प्रथम बीमा शुल्क ४ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ)

२. लाइफ इन्स्योरेन्स कर्पोरेसनः ११ अर्ब ११ करोड ७७ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ९ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ, प्रथम बीमा शुल्क १ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ)

३. नेशनल लाइफ इन्स्योरेन्सः ९ अर्ब १ करोड ३७ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ६ अर्ब १६ करोड ७० लाख रुपैयाँ, प्रथम बीमाशुल्क २ करोड ८४ लाख ६७ हजार रुपैयाँ)

४. राष्ट्रिय बीमा संस्थानः ६ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ, प्रथम बीमाशुल्क ७० करोड ५८ लाख ९३ हजार रुपैयाँ)

५. युनियन लाइफ इन्स्योरेन्सः ५ अर्ब ५८ करोड २१ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ३ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ, प्रथम बीमाशुल्क १ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ)

६. एशियन लाइफ इन्स्योरेन्सः ४ अर्ब ५४ करोड २७ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ३ अर्ब २४ करोड ९२ लाख रुपैयाँ, प्रथम बीमाशुल्क १ अर्ब २९ करोड ३४ लाख रुपैयाँ)

७. मेट लाइफ इन्स्योरेन्सः ३ अर्ब ५७ करोड २९ लाख रुपैयाँ (नविकरण बीमा शुल्क २ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ, प्रथम बीमाशुल्क १ अर्ब ६६ लाख रुपैयाँ)

८. सिटिजन लाइफ इन्स्योरेन्सः ३ अर्ब ४८ करोड १८ लाख रुपैयाँ (नविकरण बीमा शुल्क १ अर्ब ६३ करोड ५८ लाख रुपैयाँ, प्रथम बीमाशुल्क १ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ)

९. प्राइम लाइफ इन्स्योरेन्सः ३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ (नविकरण बीमा शुल्क २ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ, प्रथम बीमाशुल्क ८६ करोड १७ लाख २९ हजार रुपैयाँ)

१०. सूर्या लाइफ इन्स्योरेन्सः ३ अर्ब २२ करोड ७३ लाख रुपैयाँ (नविकरण बीमा शुल्क २ अर्ब २ करोड ४४ लाख रुपैयाँ, प्रथम बीमाशुल्क १ अर्ब २० करोड २९ लाख रुपैयाँ)

११. सन नेपाल लाइफः २ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ, प्रथम बीमाशुल्क ७० करोड ५८ लाख ९३ हजार रुपैयाँ)

१२. रिलायबल नेपाल इन्स्योरेन्सः २ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ९८ करोड १५ लाख रुपैयाँ, प्रथम बीमाशुल्क १ अर्ब ६८ करोड ७६ लाख ८२ हजार रुपैयाँ)

१३. ज्योति लाइफ इन्स्योरेन्सः २ अर्ब ३४ करोड १० लाख रुपैयाँ (नविकरण बीमा शुल्क १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ, प्रथम बीमाशुल्क १ अर्ब १२ करोड ३४ लाख ४० हजार रुपैयाँ)

१४. आइएमई लाइफ इन्स्योरेन्सः २ अर्ब १४ करोड ४२ लाख रुपैयाँ (नविकरण बीमा शुल्क १ अर्ब २६ करोड ८ लाख रुपैयाँ, प्रथम बीमाशुल्क ८८ करोड ३३ लाख ८६ हजार रुपैयाँ)

१५. गुराँस लाइफ इन्स्योरेन्सः २ अर्ब ८ करोड ७४ लाख रुपैयाँ (नविकरण बीमा शुल्क १ अर्ब ६३ करोड ३२ लाख रुपैयाँ, प्रथम बीमाशुल्क ४५ करोड ४१ लाख ९३ हजार रुपैयाँ)

१६. रिलायन्स लाइफ इन्स्योरेन्सः १ अर्ब ८६ करोड ११ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ, प्रथम बीमाशुल्क ७० करोड ५८ लाख ९३ हजार रुपैयाँ)

१७. सानिमा लाइफ इन्स्योरेन्सः १ अर्ब ५३ करोड ६८ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ७९ करोड ६७ लाख १३ हजार रुपैयाँ, प्रथम बीमाशुल्क ७४ करोड १ लाख ५२ हजार रुपैयाँ)

१८. प्रभु लाइफ इन्स्योरेन्सः १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ६२ करोड ९१ लख ८८ हजार रुपैयाँ, प्रथम बीमाशुल्क ६९ करोड ६६ लाख १६ हजार रुपैयाँ)

१९. महालक्ष्मी लाइफ इन्स्योरेन्सः ९३ करोड २९ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ४५ करोड ५२ लाख २९ हजार रुपैयाँ, प्रथम बीमाशुल्क ४७ करोड ७७ लाख ६ हजार रुपैयाँ)

फागुनमा महिनामा कसको कति ?

फागुनकाे एक महिनामा तीन जीवन बीमा कम्पनीहरु नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेशनल लाइफले एक अर्ब भन्दा माथि बीमाशुलक संकलन गरेका छन् । हेरौं कसको कति ?

१. नेपाल लाइफः २ अर्ब ८४ करोड ५८ रुपैयाँ (नविकरण बीमा शुल्क २ अर्ब ३३ करोड २५ लाख, प्रथम बीमा शुल्क आर्जन ५१ करोड ३२ लाख ९० हजार रुपैयाँ)

२. लाइफ इन्स्योरेन्स कर्पोरेसनः १ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ (नविकरण बीमा शुल्क १ अर्ब १५ करोड ३२ लाख र प्रथम बीमा शुल्क २१ करोड ५ लाख ४ हजार रुपैयाँ )

३. नेशनल लाइफः १ अर्ब ११ करोड ६५ लाख रुपैयाँ (नविकरण बीमा शुल्क ८२ करोड ३८ लाख, प्रथम बीमा शुल्क २९ करोड २७ लाख ३३ हजार रुपैयाँ)

४. युनियन लाइफः ७५ करोड ९१ लाख २० हजार रुपैयाँ ( नविकरण बीमा शुल्क ६१ करोड ६० लाख ४५ हजार, प्रथम बीमा शुल्क आर्जन १४ करोड ३० लाख ७५ हजार रुपैयाँ)

५. एशियन लाइफः ५० करोड ७१ लाख २२ हजार रुपैयाँ ( नविकरण बीमा शुल्क ३८ करोड ८७ लाख ४७ हजार, प्रथम बीमा शुल्क ११ करोड ८३ लाख ७५ हजार रुपैयाँ)

६. सिटिजन लाइफः ५० करोड ६४ लाख १३ रुपैयाँ ( नविकरण बीमा शुल्क २६ करोड १४ लाख ३० हजार, प्रथम बीमा शुल्क २४ करोड ४९ लाख ८३ हजार रुपैयाँ)

७. मेट लाइफः ४८ करोड २८ लाख ७८ हजार (नविकरण ३५ करोड ३९ लाख ८९ हजार, प्रथम बीमा शुल्क १२ करोड ८८ लाख ८९ हजार रुपैयाँ)

८. प्राइम लाइफः ४६ करोड ३३ लाख ६१ हजार (नविकरण बीमा शुल्क ३७ करोड १८ लाख १३ हजार रुपैयाँ, प्रथम बीमाशुल्क ९ करोड १५ लाख ४८ हजार रुपैयाँ)

९. सूर्या लाइफः ३९ करोड ७ लाख ३३ लाख रुपैयाँ ( नविकरण बीमाशुल्क २३ करोड ५४ लाख ७४ हजार, प्रथम बीमाशुल्क १५ करोड ५३ लाख ३ हजार रुपैयाँ)

१०. ज्योति लाइफः ३७ करोड २२ लाख ८२ हजार रुपैयाँ (नविकरण बीमाशुल्क १७ करोड ५० लाख ७ हजार, प्रथम बीमा शुल्क १९ करोड ७२ लाख ७५ हजार रुपैयाँ )

११. रिलायबल नेपाल लाइफः ३६ करोड ४ लाख ५१ हजार रुपैयाँ (नविकरण बीमा शुल्क १६ करोड १६ लाख ४३ हजार, प्रथम बीमाशुल्क १९ करोड ८८ लाख ८ हजार रुपैयाँ)

१२. सन नेपाल लाइफः ३२ करोड ८८ लाख ५५ हजार रुपैयाँ ( नविकरण बीमाशुल्क १३ करोड ९३ लाख ३३ हजार, प्रथम बीमा शुल्क १८ करोड ९५ लाख १८ हजार रुपैयाँ)

१३. राष्ट्रिय बीमा संस्थानः २५ कोड ६६ लाख ३६ हजार रुपैयाँ ( नविकरण बीमा शुल्क २१ करोड २२ लाख १९ हजार, प्रथम बीमाशुल्क ४ करोड ४४ लाख १७ हजार रुपैयाँ)

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ चैत्र २०७८, सोमबार  १५ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।