घोराही सिमेन्टले साढे ३ अर्बको आइपीओ बिक्री प्रक्रिया अघि बढायो

0
Shares

घोराही सिमेन्टले प्रिमियम मूल्यमा साढे ३ अर्ब बराबरको आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको आईपीओ निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

विशाल र संघई समूहको लगानी रहेको घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको हो । कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्काशन गर्ने जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासीन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता तथा सर्वसाधरणलाई ७५ लाख ४६ हजार ६११ कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित बासिन्दाका लागि १०० रुपैयाँको अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० सय रुपैयाँमा आईपीओ जारी गर्नेछ । यस्तै, सर्वसाधारणका लागि भने अंकित मूल्यमा ३४५ रुपैयाँ प्रिमियम थप गरेर ४ सय ३५ रुपैयाँमा सेयर जारी गर्नेछ।

आइपीओ निष्काशनका लागि कम्पनीले हिमालयन क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ। यस्तै नागरिक लगानीकोषले घोराही सिमेन्टको आईपीओको प्रत्याभूति गर्ने भएको छ ।

दाङमा प्लान्ट रहेको कम्पनी २०२१ मार्चमा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो। घोराही सिमेन्टले २०२१ मा ६ अर्ब नौ करोड रुपैयाँ बरारको कारोबार गरेको छ। उद्योगले सगरमाथा सिमेन्टको ब्राण्डमा सिमेन्ट बिक्री गरिरहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १५ साउन २०७९, आइतबार  १५ : ०७ बजे