
एनआईसी एशिया क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारण सभाले ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
भाद्र ८ गते बुधबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।
सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
क्यापिटलले आ.व. २०७८/०७९ मा १२ करोड ८ लाख खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी ६०.३९ कायम गरेको थियो । क्यापिटलले संचालनमा आएको ५ वर्ष ४ महिनाको अवधिमै आफ्नो शेयरधनीलाई १४१ प्रतिशत भन्दा बढी रिर्टन वितरण गर्न सफल भएको दाबी गरेको छ ।
क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि आसय पत्र प्राप्त गरिसकेको र यथासिघ्र विशिष्टीकृत लागनी कोष अन्तर्गत प्राइभेट इक्वीटी भेन्चर क्यापिटल पिईभिसी सेवा प्रदान गर्ने योजना रहेको जनाएको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया