काठमाडौंबाट जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या आएपछि इमरजेन्सी ल्याण्ड गरिएको छ । मंगलबार राति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाडौं फर्किएको हो ।
नागरिक उड्डउन प्राधिकरण त्रिभुवन विमान स्थलका अपरेसन विभागका अनुसार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या देखिएपछि इमरजेन्सी ल्यान्डिङ गरिएको हो ।
त्रिभुवन विमान स्थलका अपरेसन विभागका अनुसार विमानको काग्रो बक्समा समस्या आएको सूचना पाइलटले पाएपछि विमान उडेको १५ मिनेटमा नै पुन त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा ल्याण्ड गरिएको हाे । कुल १८४ यात्रु बोकेर नारिता उडेको जहाजको कार्गो समान राख्ने ठाउँबाट धुवा आएपछि काठमाडौं फर्किएको थियाे ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया