चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोनहरुमा विशेष छुट

0
Shares

स्मार्टफोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि मोबाइल सेटहरुमा मूल्य छुट गरेको छ।

चाडपर्वको अवसर पारेर उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पण्डाले भने, ‘नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा यस चाडपर्वकोे शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ। आशा छ यस अफर सँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्नेछ।’

यो अफरअन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा एक हजार रुपैयाँ, शाओमी १२ सिरिजमा ३ हजार रुपैयाँ र भर्खरै लन्च गरिएको पोको एम५ मा ५ सय रुपैयाँसम्मको कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । सीमित अवधिको लागि मान्य यो अफर असोज २४ गतेदेखि कार्तिक १४ गतेसम्म लागू हुनेछ ।

कुन मोबाइलमा कति छुट ?

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार  १५ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।