बैंक अफ काठमाण्डूले २ अर्ब २२ करोड ५७ लाख बराबरको लाभांश बाँड्ने

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेड (BOK) ले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले २०.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हाे ।

बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुन आउने ६३ करोड ७४ लाख ३९ हजार रुपैयाँ बराबरको बोनस सेयर र १४.९५ प्रतिशत अर्थात एक अर्ब ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

यस्ताे छ बैंककाे लाभांश इतिहासः

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2078/2079 6.00 14.95 20.95
2 2077/2078 10.00 4.00 14.00
3 2076/2077 13.00 3.00 16.00
4 2075/2076 6.00 11.00 17.00
5 2074/2075 14.00 11.00 25.00
6 2073/2074 13.25 0.00 13.25
7 2072/2073 23.00 0.00 23.00
8 2071/72 26.00 1.37 27.37
9 2070/71 10.41 0.55 10.96
10 2069/70 14.00 0.73 14.73
11 2068/69 5.00 21.32 26.32

 

हाल बिओके र ग्लोबल आईअमेई बैंक मर्जर प्रक्रियामा छन् । यस अघि सिटिजन्स, कुमारी, र एनसीसीले लाभांश घोषणा गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३० आश्विन २०७९, आइतबार  १४ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।