सानिमा जिआईसी इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल

0
Shares

सानिमा जिआईसी इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएको छ ।

कम्पनी सञ्चालक समितिको कात्तिक २१ गते सम्पन्न बैठकले सानिमा क्यापिटल लिमिटेड नारायणचौर नक्साललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

उक्त निर्णयसँगै अब कम्पनीको सम्पूर्ण अभिलेख राख्ने, सेयर दाखिला खारेज तथा नामसारी गर्ने र रोक्का राख्ने लगायतका कार्यहरू सानिमा क्यापिटल लिमिटेड नक्साल मार्फत हुनेछन् ।

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स लिमिटेडले यहि कार्तिक ७ गतेदेखि सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालेका थिए ।

सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा सुद्युम्न प्रसाद उपाध्याय
सानिमा जिआईसी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार  १३ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।