एकर्ड फर्माको ७ करोड बढीको आईपीओको प्रत्याभूति एनआईबिएल एस क्यापिटलले गर्ने

0
Shares

एकर्ड फर्मास्युटिकल्स लिमिटेडले जारी गर्न लागेको आइपीओको प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।

एकर्ड फर्मास्युटिकल्सले आफ्नो जारी पूँजीको १२ प्रतिशतले हुन आउने ७ करोड ६ लाख ९ हजार ९ सय रुपैयाँ बराबरको कुल ७ लाख ६ हजार ९०९ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गर्न एनआईबिएल एस क्यापिटललाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो।

उक्त सम्झौतामा एकर्ड फर्मास्युटिकल्स लिमिटेडका तर्फबाट कम्पनिका प्रबन्धक निर्देशक बिशाल पण्डित तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन।

एकर्ड फर्मास्युटिकल्स लिमिटेड औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो । कम्पनीले काठमाण्डौं उपत्यकामा ठूलो लगानी तथा अत्याधुनीक उपकरण सहित बृहत् उद्योग सञ्चालन गरिरहेको छ ।

कम्पनीले आफ्नो व्यावसायिक उत्पादन फेब्रुअरी २०२१ देखि शुरु गरी व्यवसायिक कारोवार सुभारम्भ गरेको थियो ।यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ स्थित सुबिधानगर, तीनकुनेमा अवस्थित छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ मंसिर २०७९, शुक्रबार  १७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।