दुई दिनमा १२ सय रुपैयाँले घटेको सुनको भाउ आज १ हजार रुपैयाँले बढेको छ । सुनको भाउ आइतबार र सोमबार ६-६ सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ निर्धारण गरिएको छ । छापावाला सुन हिजो १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी १० रुपैयाँले बढेको छ । सोमबार १ हजार ३९० रुपैयाँ निर्धारण गरिएको चाँदी आज १ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९७८.६६ र चाँदी प्रतिऔंस २३.८७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया