एशोसिएट उपाध्यक्षका प्रत्यासी प्रबलजंग पछि हटे, ज्योत्सनालाई भरतको टक्कर


अन्जन श्रेष्ठ प्यानलबाट एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका प्रबलजंग पाण्डे पछि हटेका छन् ।

मंगलबार दलबलसहित मनोनयन दर्ता गर्न पुगेको अन्जन श्रेष्ठ प्यानलमा एशोसिएटतर्फका उपाध्यक्षका उम्मेदवार प्रबलजंग पाण्डे देखिएका थिएनन् ।

उमेशलाल प्यानलका एशोसिएट उपाध्यक्षका उम्मेदवार भरत आचार्यसँग नजिकको साथीका रुपमा रहेका प्रबल र आचार्य बिहानैदेखि दुईमध्ये १ जना मात्र अघि बढ्नका लागि सहमति जुटाउन छलफलमा जुटेका थिए ।

महासंघमा अन्जन टीमले मनोनयन दर्ता गर्दै गर्दा भएको उक्त छलफलले भरत आचार्य अघि बढ्ने र प्रबलले उम्मेदवारी नदिने सहमति भएको आचार्य निकट एक व्यवसायीले नोटबजारलाई जानकारी दिए । उनका अनुसार प्रबलले अब भरतलाई सघाउने छन् । उनका अनुसार भरत अब अन्जन र उमेशलाल प्यानलको साझा उम्मेदवार बन्ने भएका हुन् ।

उनका अनुसार लामो समयदेखि नजिकको मित्रका रुपमा रहेका उनीहरुबीच एक आपसमा प्रतिष्पर्धा नगर्ने सहमति जुटेको हो । दुई प्यानलको साझा उम्मेदवारका रुपमा भरत अघि बढेर रामचन्द्र प्यानलमा गएकी ज्योत्सनालाई टक्कर दिन नयाँ समीकरण बनेको बुझिएको छ ।

यस अघि एशोसिएट उपाध्यक्षमा अघि सारिएकी ज्योत्सना श्रेष्ठले अन्तिम समयमा रामचन्द्र संघई प्यानलबाट उम्मेदवारी घोषणा गरेकी थिइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार  १२ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।