एनआइसी एसिया बैंकले ३३ ठाउँका घरजग्गा बिक्री गर्दै


एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन्न ३३ ठाउँका गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने भएको छ ।

बैंकले आफूसँग भएको गैर बैंकिङ सम्पत्ति बिक्री गर्नभन्दै ७ दिने सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

‘बैंकको स्वामित्वमा रहेको बमोजिमको सम्पत्ति जग्गा, घरजग्गा जे–जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य सिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने भएको हुँदा खरिद गर्न इच्छुक फर्म, कम्पनी वा महानुभावहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बैंकको सम्बन्धित शाखा कार्यालयहरुमा गोप्य सिलबन्दी बोलपत्र पेश गर्न आव्हान गरिन्छ’ सूचनामा उल्लेख छ ।

बैंकले आफ्नो नाममा रहेको मालपोत कार्यालय साँखु, काठमाण्डौंको लगतमा दर्ता कायम रहेको काठमाण्डौं जिल्ला, भद्रवास गा.वि.स. वडा नं. ६ (हाल कागेश्वरी मनोहरा न.पा. वडा नं ३) स्थितको जग्गा बिक्रीमा ल्याएको हो ।

यस्तै बैंकले भूमीसुधार तथा मालपोत कार्यालय नेपालगञ्ज, बाँकेको लगतमा दर्ता कायम रहेको बाँके जिल्ला, सितापुर गा.वि.स. वडा नं. ७ (हाल खजुरा गा.पा. वडा नं. २) स्थित जग्गा बिक्रीमा ल्याएको छ । मालपोत कार्यालय गरुडा, रौतहटको लगतमा दर्ता कायम रहेको रौतहट जिल्ला, पोठीचाही गा.वि.स. वडा नं. ६ (हाल गरुडा न.पा. वडा नं. ६) ३ ठाउँमा रहेको घरजग्गा बिक्रीमा ल्याएको हो ।

यस्तै बैंकले मालपोत कार्यालय कावासोती, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को लगतमा दर्ता कायम रहेको नवलपरासी जिल्ला, तम्सरिया गा.वि.स. वडा नं. ५ ख (हाल मध्यबिन्दु न.पा. वडा नं. ९) स्थितको जग्गा बिक्रीम ल्याएको छ । बैंकको नाममा मालपोत कार्यालय परासी नवलपरासीको लगतमा दर्ता कायम रहेको नवलपरासी जिल्ला, हकुई गा.वि.स. वडा नं. २क (हाल रामग्राम न.पा. वडा नं. १६) स्थितको जग्गा पनि बिक्रीमा छ ।

बैंकले बैंकबाट कर्जा लिई कर्जा रकम भुत्तानी नभएकोले धितोमा राखेको सम्पती लिलामी गर्न लागेको हो । लिलाम हुने सम्पति निरीक्षण गर्नुपरेमा वा लिलाम सम्बन्धी जानकारकिो लागी बैंकको केन्द्रिय कार्यालय राधाभवन त्रिपुरेश्वरमा सम्पर्क गर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार  १३ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।