यस्तो रह्यो ‘एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे’ सडक महोत्सव (फोटोफिचर)


नयाँ वर्षको अवसरमा काठमाण्डौंको दरवारमार्गमा आयोजित एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा सम्पन्न भएको छ ।

“नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम” भन्ने नाराका साथ यो महोत्सव आयोजना गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना गरेको हो ।

कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरीक उड्यन मन्त्रि सुदन किराती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) का पदाधिकारीहरुले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका थिए ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने, काठमाण्डौं महानगरपालिकाभित्रको सांस्कृति प्रवद्र्धन एवं संरक्षणमा सहयोग गर्ने यस महोत्सवको मुल उद्देश्य रहेको थियो ।

कार्यक्रम सुरु भए देखि बेलुका सम्म १ लाख ५० हजार भन्दा बढि मानिसहरुले महोत्सवमा भाग लिएका थिए ।  महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरुले आ–आफना प्रस्तुति रहेका थिए । कुटुम्ब, दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, आविस्कार केसी, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस्ले उपस्थित दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

यसका साथै महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका पनि प्रर्दशनीमा राखिएका थिए । बालबालिकाका लागि विभिन्न आकर्षक गेमहरु सहित छुट्टै किडस् जोनको विषेश व्यवस्था गरिएको थियो भने विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन\प्रस्तुतिका स्टलहरु महोत्सवको आकर्षणमा रहेको थियो । यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ् प्रतियोगिता पनि संचालन गरिएको थियो । महोत्सवमा आउने सबैकालागि फोटो तथा भिडियो बनाउन टिकटक बुथ र डिजे बुथ पनि राखिएका थिए ।

महोत्सव काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्डको विषेश सहयोगमा आयोजना भएको हो । सह–प्रायोजकमा काल्र्सबर्ग र अन्य सहयोगी संस्थामा कुनु नेपाल र एनडीज् आइसक्रिम रहेका थिए । पछिल्लो पटक देखिएको तरलता संकट लगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चांडोभन्दा चांडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको रहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३ बैशाख २०८०, आइतबार  ०९ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।