राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो


राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ ।

राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लगिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।
उनको फोक्सोको तल्लो भागमा पानी जमेको स्रोतले बताएको छ । सोमवारमात्रै फलोअपबाट फर्किएका राष्ट्रपति पौडेल मंगलवार अचानक बेहोश भएका थिए ।

लगत्तै उनलाई शिक्षण अस्पताल लगेर भर्ना गरिए पनि बुधवार भारत लगिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।