नेपाल डिपि लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले पुँजी बढाउने उद्देश्यले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी १ करोड ५० लाख रूपैयाँको १ः१ अनुपातमा १ सय रूपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ ।
चैत २४ गतेसम्म कायम रहेका सेयरधनीहरुले बैशाख २१ गतेदेखि ३५ दिन अर्थात् जेठ २४ गतेभित्र आवेदन दिन सक्नेछन् । नेपाल डिपि लिमिटेड १० जना ब्रोकरहरुद्वारा सञ्चालित कम्पनी हो । हाल नेपालमा ५० जना ब्रोकरहरु रहेका छन् । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको पुँजी ३ करोड रूपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया