काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाइदुबईको जहाजको इन्जिनमा आगलागी भएको छ। जहाजको इन्जिन फेल भएर आगलागी भएको बताइएको छ ।
काठमाडौंबाट उडेपछि जहाजको एउटा इन्जिनमा आगलागी भएको बताइएको छ । १६२ जना यात्रु बोकेको फ्लाई दुबईको जहाजमा आगलागी भएको हो । विमान राति ९ बजेर २१ मिनेटमा उडेको थियो।
त्रिभुवन विमानस्थलमा फोर्स ल्याण्डिङको तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिएका छन्।
विमानस्थलमा एम्बुलेन्स र दमकलसहित तयारी अवस्थामा राखिएको छ । अहिले जहाज आकाशमै फन्को लगाइरहेको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ










प्रतिक्रिया