पुँजीबजार सुधार्न सेयर लगानीकर्ताले पूर्व प्रधानमन्त्री देउवा समक्ष राखे ६ बुँदे माग

0
Shares

सेयर लगानीकर्ताहरुले पुँजी बजार सुधारको लागि नेपाली कांग्रेसका सभापति एंवम पूर्व प्रधामन्त्री शेर बहादुर देउवा समक्ष विभिन्न ६ बुँदे माग पेश गरेका छन् ।

विहीबार लगानीकर्ताका विभिन्न संस्थाका प्रतिनिधीहरुले पूर्व प्रधानमन्त्री देउवासँग भेट गरी पुँजीबजारको विद्यमान अवस्था अवगत गराउँदै विभिन्न आधा दर्जन मागहरु सम्बोधनको लागि ज्ञापनपत्र बुझाएका हुन् ।

लगानीकर्ताहरुले खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया ढिलासुस्ति बिना कार्यान्वयन गर्न माग गरेका हुन् ।

यस्तै संगठनहरुले सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत कायम गर्न, १२ करोडको सीमा हटाउन, दीर्घकालीन र अल्पकालीन लगानीकर्तालाई क्रमशः ३ र ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्न, एकल अंकमा ब्याजदर कायम गर्न तथा तरलता समस्या समाधान गर्न माग राखेका छन्।

यस्ता छन् लगानीकर्ताको मागः–

१. लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने ।

२. बाह्र करोड सम्मको सेयर कर्जाको सीमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनका लागि अनुरोध ।

३. सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध ।

४. लगानीकर्तालाई अल्पकालिन र दीर्धकालिन लगानीकर्ताको रुपमा विभाजन गरी सोहि अनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्ने ।

५. विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनुहुन अनुरोध ।

६. तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्कील समाधान गर्ने ब्यवस्था गरिदिनु हुन अनुरोध ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहिबार  १२ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।