छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी


काठमाण्डौं महानगरपालिकाले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने ३४२ वटा विद्यालयलाई जेठ २८ गतेसम्मको समयसीमा दिएको छ ।

महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै जेठ २८ गते भित्र छात्रवृत्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

महानगरपालिकाले यसअघि बैशाख २४ गते नै महानगरभित्र सञ्चालन भएको सम्पूर्ण विद्यालयलाई छात्रवृत्तिको विवरण उपलब्ध गराउन पनि पत्राचार गरेको थियो । यस्तै महानगरपालिकाले जेठ १० गते गोरखापत्रमा सूचना प्रकाशित गरी जेठ १५ गतेभित्र छात्रवृत्ति उपलब्ध गराई त्यसको विवरण मन्त्रालयमा पठाउन निर्देशन दिएको थियो ।

महानगरले यसरी बारम्बार पत्राचार र सूचना प्रकाशित गर्दा समेत अटेर गर्ने विद्यालयलाई जेठ २८ गतेसम्मको अन्तिम समयसीमा तोकेको हो ।
जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाण्डौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार  ०८ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।