सेल्सबेरीको निःशुल्क होमडेलिभरी सुविधासहित ‘इकमर्स’ सेवा


सेल्सबेरी डिपार्टमेन्ट स्टोरले अनलाइन सपिङ्ग सेन्टर ‘इकमर्स’ सञ्चालनमा ल्याएको छ ।

सेल्सबेरीले भौतिक सेवासँगै अनलाइन डेलिभरीको पनि सेवा प्रदान गर्ने भएको हो । यस डिपार्टमेन्टले अहिले ४ वटा स्थानबाट होमडेलिभरीको सेवा सुरुवात गरेको छ ।

सोमबार एक कार्यक्रमकाबीच सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिलमान प्राधानाङ्गले अनलाइन सपिङ्ग सेन्टर ‘इकमर्स’ लञ्च गरेका हुन् । सीईओ प्राधानाङ्गले अनलाइन सपिङ्ग सेन्टरबाट ४ हजार भन्दा बढी प्रडक्टहरु, घरायसी सामान तथा खाद्य वस्तुहरु प्राप्त गर्न सकिने जानकारी दिए ।

काठमाण्डौंको सितापाइला, महाराजगञ्ज, सातदोबाटो शाखा र पोखराको चिप्ले ढुङ्गाबाट होमडेलिभरीको सेवा प्रदान गरिने उनले बताए । होमडेलिभरीबाट सेवा उपभोग गर्दा ग्राहकहरुले फोन पे, इसेवा, कार्ड पेमेन्ट, क्यास एण्ड डेलिभरीबाट भुक्तानी गर्न सक्ने उनको भनाइ छ । सेल्सबेरी सन् १९९३ मा सानो एउटा स्टोरबाट सुरु भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार  ०९ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।