सुनको भाउमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?


मंगलबार स्थानिय बजारमा छापावाला सुनको भाउ ९ सय रुपैयाँले बढेको छ ।

सोमबार १ लाख ११ हजार ६०० रुपैयाँ निर्धारण गरिएको सुन आज १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार तेजावी सुनको भाउ १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण गरिएको छ । सोमबार १ लाख ११ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ । यता मंगलबार चाँदीको भाउ १ हजार ४२० रुपैयाँ निर्धारण गरिएको छ । हिजोको तुलनामा सुनको भाउ ५ रुपैयाँले बढेको हो । हिजो चाँदी १ हजार ४१५ रुपैयाँ निर्धारण गरिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९६० दशमलव ८९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ६५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।