नेपाल बैंकले ४६ जनाका लागी दरखास्त आह्वान गरेको छ । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागी दरखास्त आह्वान गरेको हो ।
परिक्षा लोक सेवा आयोगमार्फत हुने बैंकले जनाएको छ । बैंकले छैटौँ र चौथो तहसम्मका पदका लागि बैंकले दरखास्त माग गरेको हो । तह ६ को लागी मान्यता प्राप्त शिक्षण संस्थाबाट सी.ए.\ए.सी.सी.ए. उत्तीर्ण गरेको हुनुपर्ने छ ।
चौथो तहको लागी मान्यता प्राप्त शिक्षण संथाबाट न्यूनतम स्नातक उत्तीर्ण गरेको हुनुपर्ने छ । यस्तै आइटी क्षेत्रको चौथो तहको लागी मान्यता प्राप्त शिक्षण संस्थाबाट सूचना प्रविधिमा न्यूनतम स्नातक उत्तीर्ण गरेको हुनुपर्ने छ ।
तह ६ सहायक प्रबन्धकको खुला समूहका लागि एक हजार र उक्त पदको प्रत्येक थप समावेशी समूहमा सहभागी हुन थप ४ सय लाग्ने बैंकले जनाएको छ । यस्तै तह ४ सहायक र सहायक पदको खुला समूहका लागि ८ सय रुपैयाँ उक्त पदहरूको प्रत्येक थप समावेशी समूहमा सहभागी हुन थप २ सय रुपैयाँ लाग्ने छ ।
योग्य नेपाली नागरिकले असार १ (आज) देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुरको म्याद समाप्त हुँदासम्म पनि दरखास्त शुल्क भुक्तानी नगरेमा आवेदन स्वीकृत नहुने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।












प्रतिक्रिया