कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


कुमारी बैंकले ७ लाख ७२ हजार १९३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको उक्त सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रिमा ल्याएको हो ।

बैंकले १४ हजार ४९४ कित्ता सेयर संस्थापकको लागी बिक्रीमा ल्याएको छ भने ७ लाख ५७ हजार ६९९ कित्ता सेयर अन्य संस्थापक सेयरधनी लगायत व्यक्ति संस्था वा कम्पनीको लागि बिक्रीमा ल्याएको छ ।

बैंकको संस्थापक सेयरमा जो कोही व्यक्ति वा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् । बैंकको संस्थापक सेयरमा आज असार २२ गतेदेखि असार २९ गतेसम्म आवेदन दिनुपर्ने छ । सेयर बिक्री मूल्य ११० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले के कति दररेटमा सेयर खरिद गर्ने हो सो उल्लेख गरी आवेदन दिन सक्नेछन् । आवेदन फारम नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेड लाजिम्पाट काठमाण्डौंबाट प्राप्त गर्न सकिने छ ।

लगानीकर्ताले न्युनतम १० हजार कित्ताका लागी आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सक्ने छन् । पाँच लाख भन्दा बढीको लागि आवेदन दिनेले अनिवार्य रुपमा स्थायी लेखा नम्बर उल्लेख गर्नुपर्ने छ । बोलपत्र दाखिला गरेपछि बोलपत्रमा कबोल गरेको सेयर संख्या र रकममा कुनै हेरफेर वा बोलपत्र फिर्ता लिन पाइने छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार  ०९ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।