सिनर्जी पावरलाई हकप्रद निष्काशनका लागि सेबोनले दियो अनुमति


सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडलाई पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हकप्रद निष्काशनका लागि अनुमति दिएको छ ।

कम्पनीलाई चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद बिक्रीका लागि सेबोनले असार २० गते बुधबार अनुमति दिएको हो । कम्पनीले २ कित्ता बराबर १ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न सेबोन समक्ष २०७९ फागुन ५ गते अनुमति मागेको थियो । सेबोनले हकप्रद स्वीकृती दिएसँगै कम्पनीले ४० लाख ३२ हजार ८७५ कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीको आर्थिक वर्ष २०७७।७८ को साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस वितरणपछि कायम हुने चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजारको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभाले पारित गरेको हकप्रद सेबोनले स्वीकृती दिएसँगै कम्पनीले अबकाे दुइ महीनाभित्र निष्कासन गर्नेछ ।

अब कम्पनीले हकप्रद निष्काशनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द मिति ताेक्नेछ । उक्त दिनसम्म कम्पनीको सेयर किन्नेहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर निष्कासन बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत केन्द्रले विद्युत उत्पादन गरिरहेको छ । जलविद्युत आयोजना प्रवद्र्धन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार  १२ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।