साउन ३ गते बरामद भएको ६० किलो सुन गालियो, मात्रा घट्नसक्ने अनुमान


तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालिएको छ ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालिएको हो । सुनको परिमाण आजै एकिन गरिने उनले बताए ।

यसअघि सोमबार ब्रेक शुबाट सुन छुट्याउने काम गरिएको थियो । यसरी छुट्याइएको सुनको तौल ६० किलो सात सय ८९ ग्राम थियो । गालेपछि सुनको मात्रा घट्नसक्ने अनुमान गरिएको छ । सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने प्रमुख आचार्यले बताए । त्यसका लागि केही दिन लाग्नेछ ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । अहिले सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलबार  १५ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।