मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १० पैसा


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४२ पैसा र बिक्री दर ८५ रुपैयाँ ८१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६६ रुपैयाँ ८८ पैसा र बिक्री दर १६७ रुपैयाँ ६३ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३८ पैसा र बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २२ पैसा र बिक्री दर ३५ रुपैयाँ ३८ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलबार  ०६ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।