सुनको भाउ बिहीबार पनि बढ्यो


बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार पनि प्रतितोला ४ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ तोकिएको छापावाला सुनको भाउ बिहीबार प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ तोकिएको छ ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजाबी सुनको भाउ प्रतितोला १ लाख ६ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही भाउमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८२८ दशमलव ३९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २१ दशमलव ०२ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।