शुक्रबार सुन-चाँदीको भाउ कति ?


शुक्रबार छापावाला सुनको भाउ १ लाख ७ हजार ३०० रुपैयाँ तोकिएको छ । छापावाला सुनको भाउ हिजो पनि सोही भाउमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज स्थिर बनेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८२३ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २१ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।