सुनको भाउ आइतबार बढ्यो, तोलाको कति पुग्यो ?


साताको पहिलो दिन आज आइतबार सुनको भाउमा वृद्धि भएको छ । शुक्रबार स्थिर रहेको सुनको भाउमा आज ३०० रुपैयाँले वृद्धि भएको हो ।

आज ३०० रुपैयाँ वृद्धि भएसँगै छापावाला सुनको भाउ १ लाख ७ हजार ६०० रुपैयाँ पुगेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ७ हजार ३०० रुपैयाँ तोकिएको थियो । यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ६ हजार ७०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको अन्तिम कारोबार दिन तेजावी सु्न १ लाख ६ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८३२ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ५९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार  १० : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।