माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा आजसम्म मात्र आवेदन दिन पाइने छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बाँडफाँड गरे पश्चात् असोज १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजीको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाडँफाँड गरिसकेको छ । त्यसैगरी, सोमध्ये ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ ।
यस्तै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता सेयर सहित कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ को मोबाइल एप तथा वेवसाइटबाट अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन् ।
केयरले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको हो । यो रेटिङ प्राप्त कम्पनीहरुमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषत जोखिममा रहेको जनाउँदछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
हालसम्म कति पर्यो आवेदन ?
कम्पनीको आइपीओमा हालसम्म ९ लाख ५७ हजार ७१६ जनाले आवेदन दिएका छन् । आइतबार साँझ ७ बजेसम्ममा कम्पनीको आईपीओमा ९ लाख ५७ हजार ७ सय १६ जना आवेदकले १ करोड ७ लाख ६८ हजार १ सय ६० कित्ताका लागि १ अर्ब ७ करोड ६८ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया