सुनको आपूर्ति, वितरण र मुल्य निर्धारण प्रकृया सहज बनाउने सहमति


सुनचाँदी ब्यवसायी, बैंकर्ष संघ र सञ्चालनमा रहेका राष्ट्रिय स्तरका ‘ए’ लेभलका सम्पूर्ण बैंकका प्रतिनिधीहरुबीच आइतबार काठमाण्डौंमा सुनको आपूर्ति, वितरण र र मुल्य निर्धारण प्रकृया सहज बनाउने सहमति भएको छ । सुनचाँदी ब्यवसायीहरुले विगत लामो समय देखि यी बिषयमा आवाज उठाउँदै आएका थिए ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला संघका प्रतिनिधी सम्मिलित संयुक्त कार्यदल र वैंकका प्रतिनिधि बीच नेपाल बैंकर्ष संघको समेत सहभागितामा भएको छलफल कार्यक्रममा सुनचाँदी ब्यवसायीहरुले उठाउँदै आएको २१ बुँदे मागमा सहमति जुटेको संयुक्त कार्यदलका संयोजक बिपेन्द्र रामुदामुले बताए ।

छलफलका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी ब्यवासायीले भोग्नु परेको समस्याको बारेमा जानकारी गरेका थिए । त्यसक्रममा उनले बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकेको नाकाहरुमा सुलभ रुपमा सुन उपलब्ध गराउनुपर्ने, मुल्य निर्धारण प्रकृयालाई पारदर्शी र प्रभावकारी वनाइनुपर्ने, सुन वितरण प्रकृयालाई थप ब्यवस्थित वनाइनुपर्ने लगायतका २१ बुँदे माग प्रस्तुत गरेका थिए ।

त्यसक्रममा बैंकका प्रतिनिधीहरुले सुनको आपूर्ति, विक्री वितरण र मुल्य निर्धारण प्रकृयामा बैंकको भूमिकाका बारेमा जानकारी गराएका थिए । छलफलमा विवादित बिषयहरुमा दुवै पक्षवीच आपसी परामर्श गरेर अगाडि बढ्ने र त्यसका लागि बैंकर र ब्यवसायी सम्मिलित एक समिति वनाई सोही समिति सँगको परामर्शका आधारमा अगाडि बढ्ने निर्णय भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार  ०८ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।