सिनर्जी पावरले कात्तिक १ गतेदेखि हकप्रद लिलाम बिक्री गर्दै


सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले कात्तिक १ गतेदेखि अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म २ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद सेयर निष्काशन गरेको थियो । उक्त अवधिमा आवेदन नपरेको सेयर लिलाम प्रक्रियाबाट बिक्री गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८५७ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सोमध्ये आवेदन परेको ३४ लाख ६९ हजार ६१४ कित्ता हकप्रद सेयर, असोज १६ गते बाँडफाँड गरी बाँकी रहेको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो। सो सेयरका लागि कात्तिक १ गतेदेखि कात्तिक १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम ५ लाख ६३ हजार २६१ कित्ता सेयरका लागि आवेदन दिन सकिने छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकका, हेटौँडा, नारायणगढ, विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा बैंक शाखा कार्यालय तथा गरिमा विकास बैंकको बाग्लुङ्ग शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन्। सेयर बाँडफाँड गर्दा सबै भन्दा बढी प्रति सेयर मूल्य कबुल गर्ने बोलपत्रदातालाई सेयर बाँडफाँड गरिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार  ०९ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।