सुनको भाउ लगातार वृद्धि भइरहेको छ । असोज १८ गतेबाट बढ्न सुरु भएको सुनको भाउ चार दिनको अवधिमा प्रतितोला १७ सय रुपैयाँले बढिसकेको छ ।
आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ कायम गरिएको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ७ हजार ६०० रुपैयाँ तोकिएको थियो ।
असोज १७ गते प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ ताकिएको छापावाला सुनको भाउ १८ बिहीबार गते प्रतितोला ४ सय रुपैयाँ बढेर १ लाख ७ हजार ३ सय रुपैयाँ तोकिएको थियो । शुक्रबार स्थिर रहेको सुनको भाउ आइबार पुनः प्रतितोला ४ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँ पुगेको थियो । आज पुन सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।
यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तेजावी सुन १ लाख ७ हजार १०० रुपैयाँ तोकिएको थियो ।
आज चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८५० दशमलव ५१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २१ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया