सुनको भाउमा लगातार वृद्धि, पाँच दिनमा प्रतितोला २ हजार बढ्यो


सुनको भाउमा लगातार वृद्धि भइरहेको छ । असोज १८ गतेबाट बढ्न सुरु भएको सुनको भाउ पाँच दिनको अवधिमा प्रतितोला २ हजार रुपैयाँले बढिसकेको छ ।

आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ८ हजार ९०० रुपैयाँ कायम गरिएको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

असोज १७ गते प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ ताकिएको छापावाला सुनको भाउ १८ गते बिहीबार प्रतितोला ४ सय रुपैयाँ बढेर १ लाख ७ हजार ३ सय रुपैयाँ तोकिएको थियो । शुक्रबार स्थिर रहेको सुनको भाउ आइतबार पुनः प्रतितोला ४ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँ पुगेको थियो । हिजो प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरी ३०० रुपैयाँले बढेको हो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ८ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजावी सुन १ लाख ८ हजार १०० रुपैयाँ तोकिएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८६१ दशमलव ९२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २१ दशमलव ७६ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।