
दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायी र काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाण्डौं उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ ।
काठमाण्डौं उपत्यकाको सुन्धारा, नागढुंगा, कलंकी, नयाँबसपार्क, चावहिल, कोटेश्वर, बल्खु, भक्तपुरको जगाती लगायतका १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।
यात्रुको सहज आवात जावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटना रहित बनाउने उद्धेश्यले यातायात व्यवसायीहरुको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
यात्रु सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादर भन्दाबढी भाडा लिए\नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए\नभएको चेक गर्ने, काउण्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपु¥याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी राख्ने छ ।
यससँगै नाकामा थप जनशक्ति परिचालन गरी विशेष चेकजाँचको व्यवस्था मिलाई यात्रुलाई पर्नसक्ने विभिन्न समस्या समाधान गरिने पनि प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया