बुधबार सुनको भाउमा सामान्य गिरावट आएको छ । मंगलबार प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँ तोकिएको छापावाला सुनको भाउ आज बुधबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा सुनको भाउ १ सय रुपैयाँले घटेको हो ।
यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजावी सुन १ लाख ८ हजार ४०० रुपैयाँ तोकिएको थियो ।
यता आज चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा चाँदी आज स्थिर बनेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८६० दशमलव ०२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २१ दशमलव ८५ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया