नेपाल पुनर्बीमाको १९ लाख ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


प्रभु इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य प्रति सेयर ३५५ रुपैयाँ तोकिएको छ । उक्त सेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् ।

बोलपत्र आवेदन फाराम १०० रुपैयाँ भुक्तानी गरी प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाण्डौबाट प्राप्त गर्न सकिने छ । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ ।  बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्युनतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्नेछ भने सो भन्दा बढीको लागि सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन पाउने छन् ।

बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबोल गरेको सेयर संख्या वा रकममा कुनै हरेफेर गर्न वा बोलपत्र फिर्ता लिन सकिने छैन । निष्काशन गरिएको सेयरको लागि लिलाम बढाबढ गर्दा सबै सेयर खरिदका लागि दरखास्त नपरेपनि निवदेन परेको सेयर सम्बन्धित निवेदकलाई बाँडफाँड गरी बाँकी रहेको सेयर पुनः लिलाम बढाबढ गरी बिक्री गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार  ११ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।