बिहीबार सुनको भाउमा वृद्धि भएको छ । बुधबार प्रतितोला १ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको हो ।
बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको थियो । यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ९ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजावी सुन १ लाख ८ हजार ३०० रुपैयाँ तोकिएको थियो ।
यता आज चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८७७ दशमलव ६ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२ दशमलव १२ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया