नेपाली हिन्दूहरुको महान चाड बडादशैंलाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट\क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म नगद फिर्ता योजना ल्याएको छ ।
यस योजना अन्तर्गत बैंकको डेबिट\क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम २०० रुपैयाँसम्म नगद फिर्ता पाउन सक्ने बैंकले जनाएको छ ।
नगदरहित कारोबारलाई प्रोत्साहन एवम् प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहेको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैं किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ । हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया