खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दशैंका लागि खसीबोका बिक्री गर्ने भएको छ । यो वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिद गर्ने कम्पनीले जनाएको छ ।
संस्थानले खसी, बोका र च्याङ्ग्राका लागि ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ । यस वर्ष धादिङ, मकवानपुर र दाङबाट २ हजार हाराहारी खसी र बोका किनेर ल्याएको हो ।
यस्तै कम्पनीले चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले काठमाण्डौं उपत्यकाका ११ स्थानका बजारमा पशु चिकित्सकसहितको टोली परिचालन गर्दैछ । कलंकी खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा सो टोलीलाई परीक्षणका लागि पठाइने बताइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया