सोमबार छापावाला सुनको भाउ घटेको छ । लगातार ४ दिनपछि सुनको भाउमा गिरावट आएको हो । आज छापावाला सुनको भाउ १ लाख १२ हजार ३ रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुनको भाउ १ लाख १३ हजार रुपैयाँ तोकिएको थियो । आज सुनको भाउ ७ सय रुपैयाँले घटेको हो ।
यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ११ हजार ७५० सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुन १ लाख १२ हजार ४५० सय रुपैयाँ तोकिएको थियो ।
यता आज चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही भाउमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९१९ दशमलव ७२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२ दशमलव ७ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया