मंगलबार अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ५५ पैसा


मंगलबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४० रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसा छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ०८ पैसा र बिक्री दर ८४ रुपैयाँ ४६ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा र बिक्री दर २८ रुपैयाँ २० पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६० पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८६ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार  ०८ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।