दसैँको बेला बिक्री बढाउन दुई पांग्रे सवारीको प्रतिस्पर्धा, कुन कम्पनीको कति छुट ?


चाडपर्वका बेला कम्पनीहरूले विभिन्न अफरहरु सार्वजनिक गर्ने गरेका छन् । त्यसमा पनि दुई पांग्रे सवारी साधनहरूले यो वर्ष भारी छुटसहित अफर सार्वजनिक गरेका छन् ।

उक्त कम्पनीहरूले ग्राहकलाई आकर्षण गर्नका लागि विभिन्न अफर सार्वजनिक गरेका छन् । आर्थिक मन्दीले सुस्ताएको बजारलाई अफरले केही राहत दिन सक्ने भन्दै कम्पनीहरुले छुटलाई प्राथमिकता दिएका हुन् । मोटरसाइकल र स्कुटरजस्ता दुई पांग्रे सवारी साधनको माग बढाउनका लागि यस्तो निति लिएको व्यवसायीहरु बताउँछन् ।

कुन कम्पनीको कस्तो अफर ?
होन्डा
होन्डाले बाइक तथा स्कुटर खरिद गर्दा १० लाखसम्मको नगद उपहार जित्न सकिने अफर ‘दसैंमा १० लाख’ योजना ल्याएको छ। आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाका जुनसुकै बाइकको खरिदमा स्क्र्याचमार्फत १० लाखसम्म जित्न सकिने अफर ल्याएको हो।

कम्पनीका अनुसार होन्डा बाइक खरिद गर्ने हरेक ग्राहकलाई एउटा स्क्र्याच कुपन दिइने छ। सो कुपनमार्फत १० लाखसम्म जित्न सक्ने अवसर प्राप्त भएपछि उनीहरुलाई अर्को स्क्र्याच कार्ड अर्थात ५ वर्षको लागि १२ हजार ५०० बराबरको एएमसी प्याकेज छान्ने विकल्प दिइने छ। यसमा ग्राहकले स्क्र्याच कार्ड छनोट गर्दा पुनः १० हजार रुपैयाँसम्म जित्न सक्नेछन्। साथै होन्डाको कुनै पनि बिग बाइक खरिद गर्न चाहेको खण्डमा १ लाखसम्म नगद छुट दिइने कम्पनीले जनाएको छ।

सुजुकी

यस चाडमा सुजुकीले ल्याएको ”बाडौ खुसी चढौं सुजुकी” स्किम अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट पाउने छन् ।

यस्तै दसैँ अफर अन्तर्गत कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १० हजार थप मूल्याङ्गकन प्राप्त गर्न सक्नेछन् वा शुन्य प्रतिशत फाइनान्सको सुविधाका साथै एक वर्ष निःशुल्क सडक कर पाइने कम्पनीले जनाएको छ । यो स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

टिभिएस

टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई ध्यानमा राख्दै ’हर मोडमा उमंग’ नामको विशेष योजना सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँ सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। योजना भाद्र २८ गतेबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ।

’हर मोडमा उमंग’ योजना अन्तर्गत नकिन्दै www.tvsnepal.com\dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दश लाख सम्म जित्ने मौका रहेको छ। हरेक महिना १०० प्रतिशत क्याश ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाख रुपैयाँ सम्म जित्ने अवसरपनि रहेको कम्पनीले जानकारी दिएको छ।

साथै, कम्पनीले एक्चेन्जमा १० हजार रुपैयाँ सम्म थप भ्यालुएशन तथा शुन्य प्रतिशत ईन्टरेस्ट र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कूटर घर लैजान सकिने सुविधापनि दिएको छ । त्यसैगरी जीवनभरका लागि वारेन्टी सुविधापनि दिइने कम्पनीले बताएको छ।

अप्रिलिया

अप्रिलियाको नयाँ आधिकारिक बिक्रेता डुगर ब्रदर्स एण्ड सन्स प्रा लि अप्रिलिया स्कुटरको खरिदमा ४० हजार नगद छुट स्किम ल्याएको छ। कम्पनीको अनुसार अप्रिलियाको स्ट्रोम १२५ स्कुटरको मूल्य नगद छुट भएपछि २ लाख ३३ हजार ९०० रुपैयाँ कायम भएको छ।

जसमा अप्रिलिया एसआर १५० मोडलको २ लाख ९४ हजार ९०० रुपैयाँ छ यसैगरी अप्रिलियाको एसआर १२५ मोडलको २ लाख ४३ हजार ९०० रुपैयाँ तोकिएको छ। तर रेज जेड आर ड्रम १२५ सीसीको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ कायम छ। यो छुट अवधि सीमित समयको लागि मात्र रहेको कम्पनीले जनाएको छ।

क्रसफायर

क्रसफायर तथा इटालीयन ब्रान्ड मोटोको आधिकारिक बिक्रेता क्लासिक ह्वीलले बाइक खरिद गर्दा ५० हजार नगद छुटसहित फाइनान्स तथा एक्सचेन्ज ‘दसैं मेगा स्किम’ सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको उक्त अफर योजना अनुसार ग्राहकले एचजे २५० को खरिदमा नगद ५० हजार रुपैयाँ छुट पाउने छन्। साथै क्रसफायर ट्रयाकर मोटरसाइकल खरिद गर्ने ग्राहकले ४० हजार रुपैयाँ नगद छुट पाउने छन्। त्यस्तै एक्सचेन्जमा मोटरसाइकल किन्न चाहने ग्राहकले ५० हजार रुपैयाँसम्म थप मूल्याङन दिने कम्पनीले जनाएको छ।

यो योजनापछि दसैं मेगा स्किममा ग्राहकले क्रसफायर ट्रयाकर ३ लाख ३० हजार रुपैयाँमा नै किन्न सक्नेछन्। हाल बजारमा ट्रयाकरको मूल्य ३ लाख ७० हजार रुपैयाँ रहेको छ। यस्तै दसैंमा एचजे २५० मोडलको मूल्य ६ लाख ४९ हजार रुपैयाँ कायम भएको छ। यसको मूल्य ६ लाख ९९ हजार रुपैयाँ थियो।
यो योजना असोज १५ गतदेखि कात्तिक १५ गतेसम्म रहने कम्पनीले जनाएको छ।

जावा यज्दी

दसैंको अवसरमा जावा यज्दी मोटरसाइकलमा ५० हजार नगद छुटसहित ५ वर्षको लागि निःशुल्क सर्भिसिङ, ३ वर्षको लागि वार्षिक कर निःशुल्क तथा अन्य उपभोग्य सामानहरु प्राप्त गर्न सक्नेछन् ।  यज्दीको भर्खरै बजारमा आएको एड्भेन्चर, स्क्र्याम्ब्लर, रोडस्टर र जावाका अरु मोडलहरु किन्दा यो अफर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यी आकर्षक उपहारका साथै ग्राहकहरुलाई सजिलो फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ। ६ स्पिड गियर जडित यज्दी मोटरसाइकलहरु ३३४ सीसी क्षमताको बिएस सिक्स लिक्विड कुल्ड इन्जिन छ। जसले न्यूनतम २९.५० बिएचपी पावर र २८.२ एनएमको टर्क उत्पादन गर्न सक्छ।

यसैगरी, यज्दी मोटरसाइकलहरु डुअल च्यानल एबिएस जुन बाटोको अवस्था अनुसार चेन्ज गर्न सकिने स्वीचेबल एबिएस मोड, स्लिपर क्लच र युएसबी चार्जिंङ पोर्ट र सेगमेन्टकै सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्स जस्ता फिचरहरुले सुसज्जित रहेको छ।

सुपर शोको

इलेक्ट्रिक बाइक तथा स्कुटर ब्रान्ड सुपर शोकोले पनि दसैं अफर योजना ल्याएको छ। सुपर शोकोको आधिकारिक बिक्रेता डी–लाइफ स्टाइलले दसैं स्कीममा नगद ४० हजार रुपैयाँसम्मको छुट दिइएको जनाएको छ। कम्पनीका अनुसार उक्त अफर योजनामा ग्राहकले आफूसँग भएका कुनै पनि पुरानो बाइक तथा स्कुटरसँग सुपर शोकोको नयाँ स्कुटर तथा बाइक एक्सचेन्ज गर्न सक्नेछन्। ग्राहकले एक्सचेन्ज गर्दा बजार मूल्यांकनमा थप १० हजार रुपैयाँ पाउने छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार  ०८ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।