स्वावलम्बन लघुवित्तले तोक्यो साधारण सभा र बुकक्लोज मिति


स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । लघुवित्तको मंसिर १२ गते मंगलवार बसेको सञ्चालक समितिको बैठकले पौष ४ गते बुधबार बिहान ११ बजे अम्रपाली व्यान्क्वेट क्याटेरिङ्ग एण्ड इभेण्ट्स, बालुवाटार मार्ग, काठमाडौंमा सभा आह्वान गरेको हो ।

लघुवित्तले ८३ लाख ९४ हजार ९७४ रुपैयाँ नगद लाभांस (बोनस सेयरको करको लागि) पारित गर्ने प्रस्ताव पारित गर्नुका साथै चुक्ता पुँजी १ अर्ब ४५ करोड कायम गर्ने प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले आ.व. २०७९\८० को संचालक समितिको प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण उपर छलफल गरी पारित गर्ने छ ।

वार्षिक साधारण सभाको प्रयोजनको लागि मिति पुस २२ गते वित्तीय संस्थाको शेयर दाखिल खारेज\शेयरधनी दर्ता पुस्तिका बन्द रहनेछ । जसअनुसार पुस २१ गतेसम्म कायमले मात्र नगद लाभांस प्राप्त गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार  १४ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।