निर्माणको काम अलपत्र पार्ने १७ कम्पनी कालो सूचीमा, ३ वर्षसम्म खरिद प्रक्रियामा भाग लिन नपाउने


सरकारले समयमा काम सम्पन्न नगर्ने १७ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सडक लगायत विभिन्न निर्माण ठेक्काहरु अलपत्र पारेको भन्दै १७ निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो।

कालो सूचीमा रहनेमा पुष्पलाल मध्यपहाडी राजमार्गको काम अलपत्र पार्ने सिरुवा कन्स्ट्रक्सन र भारत कन्स्ट्रक्सन, मैनाचुली निर्माण सेवा र सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन रहेको छ ।

यस्तै वाणगंगा नगरपालिकाको निवेदनको आधारमा साहनी बिल्डर्स कालोसूचीमा परेको छ । यस्तै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको निवेदनको आधारमा आरडी सप्लायर्सलाई पनि कालोसूचीमा राखिएको छ ।

यसैगरी, सुनौलो खिम्ती कन्स्ट्रक्सन, एस कन्स्ट्रक्सन, थापा निर्माण सेवा र ओम निलकण्ठेश्वर कन्स्ट्रक्सनलाई पनि कालो सूचीमा राखिएको छ।
यस्तै बैष्णवी एण्ड लोकेन्द्र सप्लायर्स, खहरेखोला इन्टरप्राइजेज, टिम बिल्डर्स, आईपी स्टेस्नरी एण्ड जनरल सप्लायर्स, सार्थक निर्माण सेवा, सयपत्री निर्माण सेवा र आरोग्य बिल्डर्स एण्ड कन्स्ट्रक्सन पनि कालो सूचीमा परेका छन्।

कालो सूचीमा राखिएका निर्माण कम्पनीहरुले १ वर्षदेखि ३ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।