सोमबार अमेरिकी डलर स्थिर हुँदा युरोको भाउ घट्यो


आइतबारको तुलनामा सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ रुपैयाँमा किनबेच भएको डलर आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरो १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा तोकिएको छ । सोमबार युरो १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९० पैसा र बिक्री दर १६९ रुपैयाँ ६६ पैसा तोकिएको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७३ पैसा र बिक्री दर ८९ रुपैयाँ १३ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा र बिक्री दर २८ रुपैयाँ ५८ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४५ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३२ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार  ०७ : ४९ बजे