सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्री खुला


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ९७ हजार ३०५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा मंसिर १९ गतेदेखि २६ गतसम्म आवेदन दिन सकिने छ । विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति कम्पनी, संघ, संस्थाहरुले मिति २०८० साल मंसीर २६ गते कार्यालय समयभित्र अवेदन दिन सक्ने छन् ।

लघुवित्तले विद्यमान संस्थापकलाई यसअघि नै सेयर खरिदका लागि ३५ दिने सूचना जारी गरेको थियो । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएकोले उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गर्न लागिएको हो ।

शेयर खरिदको लागि न्युनतम मुल्य प्रति कित्ता १२६ रुपैयाँ तोकिएको हुँदा उक्त मुल्य भन्दा कम मुल्य अंकित गरी पेश गरेको आवेदन स्वतः रद्द हुनेछ ।

बोलपत्र आवेदन फारम एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली – ११ काठमाण्डौबाट प्राप्त गर्न सकिने छ ।
यस्तै एन आई सी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयः ट्रेड टावर नेपाल, थापाथली, काठमाण्डौ शाखा कार्यालयहरु विराटनगर–३ मोरङ्ग, वीरगंज, महेन्द्रपुल श्रवणपथ, धनगढी हस्पिटल लाइन, र सुर्खेत विरेन्द्रनगरबाट खरिद गर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलबार  ०८ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।