भारत कन्स्ट्रक्सन, मैनाचुलीसहित ८ कम्पनी कालोसूचीमा


सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम कार्यालयले ८ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयका अनुसार सडक विभाग, पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयको सिफारिसमा भारत कन्स्ट्रक्सन, मैनाचुली निर्माण सेवा र सिद्धि साई प्रकाश कन्स्ट्रक्सनलाई ३ वर्षसम्म कालोसूचीमा राखिएको छ ।

यस्तै, मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयको सिफारिसमा नै मैनाचुली र सिद्धि साई जेभीलाई २ वर्षको लागि कालोसूचीमा राखिएको छ । कमल गाउँपालिका झापाको सिफारिसमा शेर्पा कन्स्ट्रक्सन, हेना कन्स्ट्रक्सन र सनामी कन्स्ट्रक्सनलाई १ वर्षको लागि कालोसूचीमा राखिएको छ ।

यस्तै धुनिबेसी नगरपालिका धादिङको सिफारिसमा कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स पनि १ वर्षको लागि कालोसूचीमा राखिएको छ ।यसैगरी, चन्दननाथ नगरपालिका जुम्लाको सिफारिसमा इजोन निर्माण सेवालाई १ वर्षको लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरुले अरु कुनै पनि सरकारी निकायको पूर्वाधार निर्माणका काम तथा खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन् ।

No description available.

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न 

प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलबार  ०९ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।