टिकटकमाथि प्रतिबन्ध विरुद्ध दायर भएको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ । सामाजिक सद्भावमा खलल पुगेको भन्दै गत कात्तिक २७ गते सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
सरकारले लगाएको उक्त प्रतिबन्ध विरुद्धको १० वटा रिटमा एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो । यसअघि अन्तरिम आदेश दिन अस्विकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइका लागि आजको मिति तोकेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया