नेपाली बजारमा प्रतितोला सुनको भाउ एकैदिन २४ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ मंगलबार २ हजार ४०० रुपैयाँले घटेको हो ।
मंगलबार घटेसँगै छापावाला सुनको भाउ १ लाख १९ हजार २०० रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार ६५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको भाउ १ लाख २१ हजार रुपैयाँ कायम गरिएको थियो ।
महासंघका अनुसार मंगलबार प्रतितोला चाँदी १ हजार ५०० रुपैयाँ तोकिएको छ । सोमबार चाँदी १ हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य ४५ रुपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार ८४ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव ४५ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया