बिहीबार अधिकांश विदेशी मुद्राको भाउ घट्यो


बिहीबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरो १४३ रुपैयाँ ४९ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा तोकिएको छ । बुधबार युरो १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा तोकिएको थियो ।

बिहीबार बेलायती बिहीबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसा तोकिएको छ । बुधबार १६८ रुपैयाँ १६ पैसा र बिक्री दर १६८ रुपैयाँ ९२ पैसा तोकिएको थियो ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । बुधबार कतारी रियालको मूल्य खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको थियो ।

यस्तै बिहीबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३७ पैसा र बिक्री दर ८७ रुपैयाँ ७६ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५० पैसा र बिक्री दर २८ रुपैयाँ ६२ पैसा रहेको छ । बुधबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५५ पैसा र बिक्री दर २८ रुपैयाँ ६७ पैसा रहेका थियो ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबार साउदी अरबियन रियलको खरिद दर ३५ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५ रुपैयाँ ६८ पैसा रहेको थियो ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा छ भने बिक्री दर १० रुपैयाँ १६ पैसा छ । बुधबार साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा छ भने बिक्री दर १० रुपैयाँ १७ पैसा रहेको थियो । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार  ०७ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।